विश्व ढुङ्गे युगदेखि आज प्रबिधिको युगसम्म आइपुग्दा मानिसको शरीरमा पनि अनेकौं परिवर्तन हुँदै आएको छ । यस्तै भविष्यमा पनि मानिसको शरिरमा कस्ता परिर्वतन आउनसक्छन् के तपाई अनुमान गर्न सक्नुहुन्छ ? अहिले बजारमा आएको एउटा भिडियोले यो कुराको जवाफ दिएकाे छ । यो भिडियो भविष्यमा मानिसको रुपरंग र शरीरमा आउनसक्ने परिर्वनमा आधारीत छ, यसले मानिसमा आउने परिवर्तको बारेमा बताइदिन्छ ।


 १ हजारवर्षपछि मानिसको शरीरिक बनावट कस्तो हुन्छ भन्ने कुरा भिडियोले देखाउने प्रयत्न गरेको छ । डेलीमेल अनलाइनका अनुसार एक हजार वर्षपछि मानिसको शारीरिक संरचना अहिलेको भन्दा निकै फरक हुनेछ । भिडियोमा बताए अनुसार १ हजार वर्षपछि मानिसको शारीरिक संरचना मानिस र मेसिनको मिश्रणबाट दुर्लभ मानिस हुनेछ । विश्वमा भएको वातावरणीय परिवर्तन, जलबायु परिवर्तन, कृतिम बुद्धि र आनुवांशिक परिवर्तको कारण मानिसको शरीरमा ठुलो परिवर्तन देखिनेछ । यसको साथै विश्वको तापमानमा बृद्धिका कारण मानिसको छालाको रंग पनि परिवर्तन हुनेछ । छालको रंग बढी कालो हुनेकुरा भिडियोमा भनिएको छ । १ हजारवर्षपछि मानिसको अंग पनि छोटो हुने, दिमाग र पेट ठुलो हुने, आखाँको रंग रातो हुने र कानमा प्राकृतिक रुपमै व्लुतुथ मेसिन जडान भएर आउँछ । यसको साथै विश्वमा सार्वजनिक कामको लागि हिन्दी भाषाको पनि प्रयोग हुने बताइएको छ । सेन्ट लुइस स्थित वासिंटन युनिभर्सिटीका डाक्टर एलन क्वानका अनुसार मानिसको अनुहारमा अचम्मको नाटकीय परिवर्तन देखिनेछ । भिडीयोमा भनिए अनुसार, मानव शरीरमा सुक्ष्म रोबोटको प्रवाभले मानवको आफ्नो मात्र पहिचान हुनेछैन । १ हजार वर्षपछि मानवको आयु अहिलेको भन्दा बढी हुन्छ । मृत्युदरमा कमि आउनुका साथै धेरै मानिस बुढो भएपछि मात्र मर्छन् । भिडियोमा मानिस धेरै स्मार्ट र बलियो हुने दावी गरेको छ । मानिस धेरै अग्लो र पातलो पनि हुनेछ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top