चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका भारतलगायत मुलुकबाट आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको अबधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ, जसको भन्सार मूल्य १ अर्ब २५ करोड रुपैयाँ छ। कुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अबधिमा २ लाख ६ हजार गोटा अर्थात ७९ करोड रुपैयाँको खसीबोका आयात भएको थियो। ९९ प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात हुने गर्छ। नेपालमा अस्ट्रेलियाबाट पनि खसीबोका आयात हुने गरेको छ। अाजकाे कारोबार दैनिकमा खबर छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top