पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन निमोनियाँलगायत रोगका कारण भएको चिकित्सकहरूले बताएका छन्। कोइरालाको उपचारमा संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा.करवीरनाथ योगीका अनुसार मुख्य रूपमा निमोनियाँले गर्दा कोइरालाको निधन भएको हो। कान्तिपुर दैनिकमा समाचार छ।
 
कोइरालालाई ५ साताअघिसमेत रुघाखोकीको समस्या देखिएको थियो। चार साताअघि निमोनियाँ भएपछि एन्टिबायोटिकले उपचार गरेर नियमित अक्सिजन दिइराखिएको थियो। डा.योगीले कोइरालाको मृत्युको कारकमा दम (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज-सिओपिडी) को तीव्र प्रकोप, सामुदायिक कारणले हुने निमोनियाँले गर्दा भएको श्वासप्रश्वाससम्बन्धी असफलता, क्षयरोग, विकिरण उपचारले हुने पोस्ट रेडिएसन फाइब्रोसिस र फोक्सो खुम्चिने समस्या (इन्टरस्टिटल लङ डिजिज-आईएलडी) लगायत रहेको बताए।
 
जिब्रो र फोक्सोको क्यान्सर भए पनि उचित उपचारपछि कोइराला पछिल्लो समय क्यान्सरमुक्त थिए। चार-पाँचवटा पुरानो रोगबाट प्रभावित रहेका कोइरालामा ३ दिनअघि रुघा, नाकबाट पानी आउने, खोकी, ज्वरोलगायत समस्या देखिएका थिए। उनको खुट्टासमेत सुन्निएको थियो। यसैले कोइरालाको इको, इसिजिलगायत मुटुरोग विशेषज्ञसँग समेत देखाइएको डा.योगी बताउँछन्।
 
'उहाँलाई निमोनियाँको उपचारका क्रममा तीनवटा एन्टिबायोटिक चलाइएको थियो,' डा.योगीले भने, 'नियन्त्रणमा नआए अस्पताल नै भर्ना गर्ने मनसायले त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको बेडसमेत बुक गरिएको थियो।'
 
राम्रो हुँदै गएको छ भन्ने भयो, अरू भाइटल्स (जीवनका लागि आवश्यक संकेत) पनि राम्रै थियो,' डा.योगीले भने, 'त्यसपछि खाना खान थाल्नुभयो, निको हुँदै गएकाले भर्ना नगरौं भनेर शशांक दाइ, हामीहरूबीच सल्लाह भएर टिचिङको बेड क्यान्सिल गरायौं ।' त्यैसले कोइरालालाई अस्पताल भर्ना नगरिएको डा.योगीले वताए।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top