तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, सुन्दर सपना बुनिरहेका किशोर सुशील कोइरालाको सपना पनि तुहियो। त्यतिवेला सुशील कांग्रेसका सामान्य सदस्य मात्रै थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए न नेता बन्ने सपना पालेका थिए। लक्का जवान सुशील त रंगमञ्चको हिरो बन्न चाहन्थे, त्यो पनि नेपाली अथवा हिन्दी फिल्मको होइन, सीधै हलिउडको। त्यसका लागि उनले भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर प्रारम्भिक तयारी पनि गरिसकेका थिए। ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए। अमेरिकाको भिसासमेत आइसकेको थियो।
 
तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कु’ गरेपछि बिपी कोइरालासहित कांग्रेसका शीर्ष नेता जेल परे। बिपीले आफ्नो परिवारको संरक्षण गर्ने जिम्मा दिएर सुशीललाई यतै बस्न लगाए। उनी अमेरिका उड्न पाएनन्, नेपालमै बस्न र राजनीतिमा लाग्न बाध्य भए।
 
सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कु’ गरेको भए पनि उनी अमेरिका पुगिसकेका हुन्थे। पुगेका भए या त जेम्स बोन्डको भूमिका पाउँथे या संघर्ष गरेर पसिना पुछ्दै नेपाल फर्किन्थे। कोइराला परिवारको भएकाले नेपाल फर्किएपछि पनि राजनीतिमा लाग्ने सम्भावना थियो। तर, महेन्द्रले गर्दा उनले राजनीतिमा लाग्न अमेरिकाको फेरो मार्नुपरे।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top