एप्पलको नयाँ आइफोन आउने चर्चासँगै यसमा हुने फिचरका बारेमा पनि धेरै चासो बढेको छ। अब आउने आइफोन ७ मा हुनसक्ने केही फिचर यसप्रकार भएको अन्तर्राष्ट्रिय टेक वेबसाइटले बताएका छन्।
१. दुई वटा क्यामराः
अब आउने आइफोन ७ प्लस दुई संस्करणमा आउने बताइएको छ। एउटा सिंगल र अर्को डुअल क्यामरा भएको। यसमा २१ मेगापीक्सलको क्यामरा हुने र एकमा वाइड एंगल र अर्कोमा टेलीफोटो लेन्स हुने बताइएको छ। यसको गुणस्तर डीएसएलआर क्यामराको जस्तो हुने र प्रोफेसनल फोटोग्राफीका लागि प्रयोग गर्न सकिने छ।
२. पावरफुल ब्याट्रीः
एप्पलको नयाँ आइफोनमा हालसम्मका सबै आइफोनको भन्दा शक्तिशाली ब्याट्री हुनेछ। यसमा ३१०० एमएएचको ब्याट्री हुने अनुमान गरिएको छ। तर यसका बारेमा अफिसियल घोषणा नभइ केही निश्चित छैन।
३. ३.५ मिमि हेडफोन ज्याक नभएकोः
आइफोन ७ मा ३।५ मिमि हेडफोन ज्याक नहुने बारे धेरै समयदेखि चर्चा चलिरहेको छ। यसको बदलमा मल्टीपर्पोज लाइटनीङ केबल स्लट हुने बताइएको छ। यसले अडियो ज्याकको पनि काम गर्नेछ। अडियो ज्याक हटाएपछि आइफोन पातलो हुने बताइएको छ।
४.वायरलेस चार्जिङः
ब्लुमबर्गको रिपोर्ट अनुसार नयाँ आइफोन वायरलेस चार्जिङ फिचरह हुने बताइएको छ।
५. २५६ जीबी स्टोरेज क्षमताः
आइफोनमा मेमोरी कार्ड राख्न मिल्दैन। हाल उपलब्ध आइफोन १६, ३२, ६४, १२८ जीबी ममोरीमा छन्। आगामी आइफोनमा २५६ जीबी मेमोरी हुनसक्ने बताइएको छ।
६. लिक्वीड मेटल बडीः
आगामी आइफोनमा प्लास्टिक र आलुमिनियमको नभइ मेटल बडी हुने बताइएको छ।
0 comments Blogger 0 Facebook
Post a Comment