इटहरी, २४ माघ । सामान्य प्रशासन मन्त्री रेखा शर्माकाे उपस्थितीमा पूर्वकाे केन्द्र इटहरीमा अाइतबार दिउसाे सार्वजनिक सुनुवार्इसंगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
सुनसरीमा रहेका शिक्षा स्वास्थ्य यातायात प्रशासन तथा अन्य सरोकारवाला सरकारीनिकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु सञ्चारकर्मी एवम अन्य सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा राजनीतिक प्रणालीमा परिवर्तन आए पनि नीतिगत सुधार र परिवर्तन नआएकोमा ब्यापक गुनासो गरिएको थियो ।
कार्यक्रममा अघोषित नाकाबन्दीको नाममा बढेको कालोबजारी , तस्करी रोक्न सरकार असफल रहेको तथा यातायात क्षेत्रले मनपरि सवारी भाडादर असुलेर सर्वसाधारण सेवाग्राहीमाथि ज्यादती गरीरहेकाे तथा शिक्षा क्षेत्रमा एउटै कक्षामा जाने शिक्षकहरुकाबीचमै तलवको ठूलो विभेद रहेको बिषयमा पनि ब्यापाक टिप्पणी भएको थियो ।
समारोहमा उपस्थित इटहरी नगरवासीहरूले मन्त्री शर्मा समक्ष एक पछि अर्काे गुनासाे पाेख्दा मन्त्री शर्मा अक्क न बक्क बनेकि थिइन । उपमहानगरवासीहरूले कानुन बनाएर पनि कार्यान्वयन नगर्दा अनियमितता र भ्रष्टाचारले मौलाउने अवसर पाई रहेकोमा सुधार गर्न जरुरी रहेको कुरामा जोड दिएका थिए ।
सो अवसरमा सामान्य प्रशासनमन्त्री रेखा शर्माले नेपालमा ठूल ठूला राजनीतिक परिवर्तन ल्याउन नेपाली जनताले अहम भूमिका निर्वाह गरेका ल्याएकाे परिवर्तनकाे बारेमा नेपालीनै अनभिज्ञ रहेकाे अाैल्याउनुभयाे । उहाँले नीतिगत सुधारका लागि सम्पूर्ण राजनीतिक दल र सरकारमा पुग्ने राजनीतिक दलहरुले परिवर्तनको प्रत्याभूत गराउनका लागि गम्भीर हुनुपर्छ भन्ने जनस्तरबाट आवाज उठिरहेकाले विगतका त्रुटीलाई सच्याउँदै अघि बढने बताउनुभयाे ।
सो अन्तरक्रियात्मक कार्यक्रममा सञ्चारकर्मीहरु याम प्रधान मिलन विछोड तथा अन्य सेवाग्राहीहरु छत्रपति ढुङ्गेल सरोज श्रेष्ठ राजकुमार सुवेदी उमेश शाह इन्द्रमोहन झा रोहितकुमार कार्की प्रमोद भण्डारी कृष्णप्रसाद सापकोटा शोभा बजगाई रमेश भट्टराई लगायतले आ–आफ्नो गुनासो र सुधार हुनु पर्ने जिज्ञाशा राख्नुभएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment