याँ दिल्ली, भारतको गुजरातमा बस्ने श्रेया दारजीको कानबाट डाक्टरहरुले एक हजार कमिला निकालेका छन् । १२ वर्षकी श्रेयालाई अगस्त २०१५ देखि कानमा लगातार चिलाउने समस्या देखिएको थियो । त्यसपछि डाक्छटरले उनको कानबाट १ हजार कमिला बाहिर निकाले । श्रेयाका बुवाआमाका अनुसार, उनको कानबाट १० जिउँदै कमिलाहरु हरेक दिन बाहिर आउने गर्दछन् ।
शुरुमा कान चिलाएपछि डाक्टरहरुले एक सय कमिला बाहिर निकालेका थिए । तर कमिलाले लगातार बच्चा जन्माएको कारण यो संख्या बढ्दै गइरहेको थियो । त्यसपछि फेरी कमिला निकाले तर कमिला निस्किने क्रम रोकिएन ।
श्रेयाका बुवाआमाले बताए अनुसार, आयुर्वेदेखि अन्य कैयन् डाक्टरलाई देखाउँदा पनि उनको समस्या हल भएको छैन । एभरेस्ट दैनिक बाट

0 comments Blogger 0 Facebook
Post a Comment