नयाँ दिल्ली, २२ माघ । दक्षिणी भारतीय राज्य तामिल नाडुमा शुक्रबार विहान सवेरै भएको एक रेल दुर्घटनामा कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ । बैङ्गलोरबाट कन्याकुमारीतर्फ गईरहेको सो रेलेको चारवटा डिब्बा पटरीबाट छुट्टिएपछि सो दुर्घटना भएको जनाइएको छ । प्रान्तीय राजधानी चेन्नाईबाट १७० किलोमटिर टाढा रहको भेल्लोरे जिल्लामा उक्त दुर्घटना भएको इन्डो एसियन समाचार सेवाले जनाएको छ । भारतको दक्षिणी रेलवे सेवाले प्रकाशित गरेको विज्ञप्तिका अनुसार स्थानीय समयाअनुसार ४ः१५ मा उक्त दुर्घटान भएको थियो ।
स्थानीय प्रहरीकाअनुसार यस दुर्घटानमा परी कसैले पनि ज्यान भने गुमाएका छैनन् । यस दुर्घटानपछि सो इलाकामा चल्ने ११ वटा रेलले आफ्नु सेवा रद्द गरेको जनाइएको छ । यस घटनाको हालसम्म कारण पत्ता लागेको छैन् । अनुसन्धान जारी रहेको बताइएको छ । भारतमा रेलको डिब्बा पटरीबाट छुटेर हुने दुर्घटना बारम्बार हुने गरेको पाइन्छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top