साउदी अरब, २३ माघ । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संंस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो । संस्थाले ८० किलो चामल, १७ किलो दाल, १० किलो आलु, १० किलो प्याज, ६ लिटर तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो ।
विदेशी
भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्धे्रश्यले
थोरै मात्रामा भए पनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष
टीकाराम रसाईलीले बताउनुभयो ।
यस्तै साउदीमै क्रियाशील अर्को नेपाली
संस्था तमु धि नेपालले पनि पीडित नेपालीका लागि खाद्यान्न सामग्री प्रदान
गरेको छ । संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० किलो चामल, १०
किलो मासु, ५ किलो दाल, १० किलो प्याज, नुन, तेल, तरकारी, पेय पदार्थलगायत
खाद्यान्न सामग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक
गुरुङले जानकारी दिनुभयो ।तलब नपाएर सयौँ नेपालीहरु भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सामग्री सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङजाका जीवन पौडेलले बताउनुभयो । चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् ।

0 comments Blogger 0 Facebook
Post a Comment