काठमाडौँ, २३ माघ - ताइवानमा शनिबार बिहान गएको शत्तिशाली भूकम्पका कारण तीन जनाको ज्यान गएको छ।
ताइवानको दक्षिणी शहर टाइनानमा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका भत्किएका भवनमा फसेका मानिसको उद्दारका लागि उद्दारकर्मी खटिएका छन् । टाइनानको एक १७ तले अपार्टमेन्ट भत्किँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ। त्यहाँ दुई सय २० भन्दा धेरै मानिस फसेको हुनसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ।
६० परिवार बस्दै आएको अपार्टमेन्ट भत्किँदा २३ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन्। भूकम्पको धक्का ४० सेकेन्ड भन्दा धेरै महसुस भएको र सतहबाट १० किलोमिटर मुनि मात्रै केन्द्र भएकाले क्षति धेरै हुन सक्ने युएस जियोलोजिकल सेन्टर यएसजिएसले जनाएको छ। एजेन्सीको सहयोगमा
Home
»
» Unlabelled
» ताइवानमा ६ दशमलव ४ रेक्टरको भूकम्प: १७ तले भवन भत्किदा ३ जनाको मृत्यु, दुई सय भन्दा बढी पुरीएको अनुमान
Subscribe to:
Post Comments (Atom)

0 comments Blogger 0 Facebook
Post a Comment