बर्दियाको पशुपतिनगर–६ झुपईमा घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। 
 
गएराति ८ बजेतिर घरमा अचानक आगलागी हुँदा घरभित्र सुतिरहेका भवानीप्रसाद न्यौपानेका ८ वर्षीय छोरा घनश्याम र ४ वर्षीया छोरी स्वस्तिका न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
 
आगलागीमा परी न्यौपानेकी श्रीमती कोपीला घाइते भएकी छिन्। आगलागी कसरी भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट घर पुर्णरुपमा क्षति भएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top