प्रधानमन्त्री केपी ओली चीन जाने की भारत भनेर अनेक अड्कलबाजी थिए। प्रधानमन्त्रीको प्राथमिकता पनि चीन होइन भारत नै थियो। भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल दिल्ली जानु दुई दिनअघि वीरगन्ज नाका नाटकीय रुपमा खुल्यो।अघोषित रुपमा भएको नाकाबन्दी अघोषित रुपमै कसरी हट्यो? नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
दिल्लीको प्राथमिकता पनि काठमाडौं
 
संविधानमाफत तराईमा भारतीय मूलका जनतासँग जोडिएको आफ्नो स्वार्थ पूरा भएपछि नयाँ दिल्लीको प्राथमिकता काठमाडौं केन्द्रीत भएको छ। मोर्चाका नेताले पनि भारतको वर्तमान संस्थापन आफ्ना लागि सधैँ दाहिना नुहने भन्दै आएका छन्। आफ्नो अरुचिका बाबजुद भारतले प्रधानमन्त्री ओलीर्ला फागुन दोस्रो साता स्वागत गर्ने मनसाय व्यक्त गरिसकेको छ।
 
भरतविरोधी भावना बढेकोमा दिल्ली उदासीन 
 
नाकाबन्दीपछि नेपालमा भारतबिरोधी भावना बढेकोमा भारतीयहरु सुरुमा चिन्तित थिएनन्। पछि नेपालका लागि भारतीय राजदूतले नेपालमा भारतबिरोधी भावना बढेको र यसले दुबै देशलाई फाइदा नुहने भन्दै अभिव्यक्ति दिन थाले। 
 
के चाहन्थ्यो भारत, के पायो? 
 
भारतले खुला नाकाका कारण बिहेवारी गरेर नेपाल आउने भारतीय चेलीहरुको उल्लेख्य संख्या तराईमा छ। उनीहरुको नागरिकता अधिकारप्रति भारतको चासो छ। सरकारले नयाँ संविधानपछि बैवाहिक अंगीकृत नागरिकता दिइरहेका कारण भारतले यसलाई मुद्दा बनाएको छैन।
 
तर तराईबाट जनसंख्याको अनुपातमा प्रस्तावित माथिल्लो र तल्लो सदनमा उल्लेख्य संख्या पुर्याउनु पर्ने पक्षमा उसले निरन्तर जोड दिँदै आएको छ। पिछडिएका र हिमाली जिल्लामा एक सिट नघट्ने गरी बाँकी भागको हक तराईमा बढी निर्वाचन क्षेत्र हुने गरी टुंग्याउन भारतको सल्लाह छ। 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top