जाजरकोटको खलङ्गा पाँचकाटिया सडक निर्माण गर्दा खानेपानीको लाइनमा क्षति पुगेपछि जिल्ला अस्पतालमा खानेपानीको हाहाकार भएको छ ।
एक हप्तादेखि बिरामीलाई औषधि खुवाउनका लागि एक थोपा पानी नहुँदा निकै समस्या परेको स्वास्थ्यकर्मीले बताएका छन्।
सुत्केरी भएका कपडा, बिरामीलाई औषधि खुवाउन पानी, अस्पताल सरसरफाइ गर्ने पानी नहुँदा एक हप्तादेखि निकै समस्या भएको अहेब भीमराज सिंहले जानकारी दिए।
भेरी नदीको पानी एम्बुलेन्समा ल्याएर अस्पतालमा सरसफाइ गरिने उनको भनाइ छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पानीको हाहाकार हुँदासम्म सरोकारवाला निकाय आँखा चिम्लेर बस्दा बिरामी आक्रोषित भएका छन्।
दैनिक अस्पतालमा प्रयोग गरिने कपडा सरसफाइ गर्नुपरे पनि पानीको अभावमा हप्ता दिनदेखि सरसफाइ नगरिएको सिंहले बताए। पानीको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको अस्पतालले बताएको छ।

0 comments Blogger 0 Facebook
Post a Comment