स्मार्टफोन बनाउने चिनियाँ कम्पनी लीइकोले ली वान एस ह्याण्डसेट २० सेकेण्डमा ९५ हजार वटा बेचेर रेकर्ड बनाएको छ। फ्ल्पिकार्टमा फ्ल्यास सेलको माध्यमबाट बेचिएको यो फोनका लागि १० लाख ३० हजार जनाले दर्ता गराएको पनि बताइएको छ।
 
यो संसारकै पहिलो मिरर सरफेस फिंगरप्रिन्ट स्क्यानर भएका फोन भएको कम्पनीको भनाइ छ। यो विक्रीसँगै कम्पनीले तीनवटा रेकर्ड कायम गरेको छ। 
-कुनै पनि फ्ल्यास सेलमा सबैभन्दा बढी अर्डर पाउनेको रेकर्ड
-सबैभन्दा कम समयमा सबैभन्दा बढी अर्डर पाउनेको रेकर्ड
-कुनै पनि सेलका लागि सबैभन्दा बढी पहिले ने दर्ता गराउनेको रेकर्ड
 
कम्पनीले यही मोबाइलका लागि पहिले गरेको फ्ल्यास सेलमा पनि २ सेकेण्डमा ७० हजार वटा बेचेको थियो। यो सेट अर्को वर्ष १६ फेब्रुअरीमा फ्ल्पिकार्टमा राखिने बताइएको छ। यसको मूल्य करिब १७ हजार ६ सय रुपैयाँ पर्छ। यसमा फास्ट चार्जिङ फिचर छ जसले मात्र ५ मिनेटको चार्जमा साढे तीन घण्टाको टकटाइम हुने कम्पनीले बताएको छ। पछिल्लो तीन महिनामा कम्पनीले यो मोडलको ३० लाख वटा फोन बेचेको पनि बताइएको छ। 
 
फिचरः
स्क्रिनः ५.५ इन्ट टचस्क्रिन
प्रोसेसरः२.२ जीएचजेड अक्टाकोर
र्यामः ३ जीबी, इन्टरनल मेमोरीः ३२ जीबी 
क्यामराः अगाडि ५ र पछाडि १३ मेगापीक्सेल

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top