माघ १८ गते हत्या गरिएकी नेहा भन्ने योरुना पुनका आफ्न्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आशंका गरेका छन्। पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन्। नेहाका मामा यमप्रसाद थजाली पुनले नेहाको बलत्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गरेका छन्। ‘मृतकको पाइन्ट र पेन्टी खोलेको अवस्थामा भेटिएको थियो,’ नेहाका मामा यमप्रसाले भने, ‘यस्तो अवस्थामा भेटिनुले सामुहिक बलत्कारपछि हत्या भएको हुनुपर्छ।’ उनले घटनाको पूर्ण रुपमा छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरे। पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पुर्ण रुपमा छानविन नभए कडा अन्दोलन गर्ने चेतावनी दिए। समाजले नेहाको पोष्ट मार्टम रिर्पोट सार्वजनीक गर्नु पर्ने, घटनाको सुष्म तवरले छानविन गर्नु पर्ने, अनुसन्धान पछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नु पर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, माग राखेका छन्। विहिबार समाजको नेतृत्वमा शान्तिपूर्ण दवाब मुलक र्याली निकाल्ने भएको छ। र्याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, पृथ्वीचोक, सृजनाचोक हुदै जिल्ला प्रशासन कार्यालय अगाडी कोष सभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए। कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई पक्राउ गरेको छ। नेहाको १८ गते पोखरा १५ नयाँगाउँमा उनकै घर नजिक हत्या भएको थियो।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top