काठमाण्डाै, २७ माघ– बुधबार एकाएक संचार माध्यममा बाबुरामकी छोरी मानुषीको बिहे हुने खबर आएपछि धेरैले त्यसलाई फ्लो गरे । हाल नयाँ शक्तिका संयोजक रहेका बाबुरामकी छोरी भएर मात्र होइन विद्यार्थी राजनीतिमा सक्रिय भएका कारण पनि मानुषीले आफ्नो पहिचान बनाएकी छन् ।
समाचार बाहिर आएसँगै मानुषीले कोसँग बिहे गर्नलागेकी हुन्, उनी कहाँका र कस्ता होलान् जस्ता जिज्ञासाहरु धरैको मनमा पलाए ।त्यसो त मानुषीले बिहे गर्न लागेका युवा उनकै प्रेमी हुन् । तत्कालिन माओवादीमा रहँदा क्रान्तिकारी विद्यार्थी संगठनमा रहेकी मानुषी र जेकेन्द्र श्रेष्ठबीच परिचय भएको थियो ।
त्यसपछि मानुषी केन्द्रीय क्याम्पस किर्तीपुरको सक्रिय विद्यार्थी अगुवाका रुपमा अघि आइन् । जेकेन्द्र पनि त्यतिबेला किर्तिपुरका माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनका समिति संयोजक थिए । दुबैबीच चीनजान बढेपछि त्यसले प्रेमको रुप लियो । त्यसपछि मानुषी स्ववियु निर्वाचनका बेला जेकेन्द्रले किनेको बाइकको पछाडि देखिन थालिन् । यस विषयले पनि निकै चर्चा पायो ।
जेकेन्द्रको बारेमा बाबुराम र हिसिला यमीले पनि चाल नपाएका होइनन् । हिसिलाले त त्यतिबेलै उनीहरुको लगन गाँठो बाँध्न चाहन्थिन तर त्यतिबेला सो सम्भव भएन । यसरी ढिलै भएपनि दुई प्रेमीलाई एक बनाउने हिसिलाको चाहना फागुन १ गते पुरा हुन लागेको हो ।
तनहु रिसिङ स्थायी घर भएका जेकेन्द्र यमीकै समुदायका नेवार केटा हुन् । उनको जन्म २०३९ सालमा भएको हो । बाबुरामकै गृहजिल्ला गोरखाबाट एसएलसी पास गरेका जेकेन्द्र उच्च शिक्षाका लागि काठमाण्डु आएदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् ।
हाल नयाँ शक्तिको विद्यार्थी अभियान्ताका रुपमा केन्द्रीय तहमै रहेर काम गरेका जेकेन्द्रको पारिवारीक पृष्ठभूमी भने कमजोर खालको छ । उनी गरिब परिवारमा जन्मिएर मेहनत र लगनका साथ अघि बढेका विद्यार्थी नेता हुन् ।
उनको परिवारमा बुबाआमा र एउटी बिहीनी छन् । उनका बुबा कृषि पेशामा आवद्ध छन् । एक विद्यार्थी नेताले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार जेकेन्द्र मिठो बोल्ने र कसैलाई पनि सजिलै आफ्नो प्रभावमा पार्न सक्ने नेतृत्ववान क्षमताका विद्यार्थी नेता हुन् ।

0 comments Blogger 0 Facebook
Post a Comment