झण्डै ४ बर्ष अघि , शुसिल कोईरालाले प्रधान मन्त्रिको कुर्सि ताक्दै गर्दा हाँस्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेल उनकै नक्कल गरेर हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हिट भईसकेका थिए । नक्कली नेतालाई कलाकार बनाएर देशको बिग्रदो राजनीतिमाथि कथा बुन्दै आएका मेरि बास्सै निर्देशक सिताराम कट्टेलले राजा राजेन्द्रलाई चौरासीबाको नाम दिएर शुसिल कोईरालाको नक्कल गर्न लगाएका हुन् । शुसिल कोईरालाको नक्कल गर्दै हाँस्य कलाकारको रुपमा राजाराजेन्द्र पोखरेलले मेरी बास्सैमा उचाई बनाउँदै गर्दा कोईराला देशको प्रधानमन्त्रि भए । राजा राजेन्द्र भन्छन् “यसपछि झन् चौरासीबा पात्रको चर्चा बढ्न थाल्यो । रेडियोको प्रस्तोता र स्टेजको कमेडी गर्दै आएकोे मेरा लागि यो फरक अनुभव त थिदै थियो । चौरासि बा भएर टि.भि.मा देखिन थाले पछि मेरो परिचयमा थप नाम जोडियो । दर्शक, पाठक र स्रोतामाझ म राजाराजेन्द्र त थिदै थिएँ । यो भन्दा पछाडि पनि जोडिन थाल्यो चौरासि बा, अनि म भएँ , राजाराजेन्द्र पोख्रेल चौरासि बा ।”आज आर्यघाटमा पूर्व प्रधानमन्त्रि स्व. शुसिल कोईरालाको अन्तिम बिदाई हुँदै गर्दा उनकैै नक्कल गरेर चर्चा कमाएका राजाराजेन्द्रले कोईरालालाई यसरी सम्झिए ।
अनुहार मिलाउनै हैरानी
म स्टेजमा सबै नेताको क्यारिकेचर गथेँ । शुसिल कोईरालाको क्यारिकेचर पनि । सिताराम कट्टेललाई, शुसिल कोइरालाको अभिनय गर्ने मान्छे चाहि रहेको रहेछ । उनले मेरी बास्सैमा खेल्ने अफर गरे । हुन्छ त भनियो, दाह्री आफैँ खोज्नुपर्ने । मेक अपम्यान गणेशसँग न्युरोड, भोटाहिटी , अशन डुलेँ । दाह्री खोज्न समस्या । कर्ली दाह्रीमात्रै भेटिने । शुसिल कोईरालाको सिल्की दाह्री । त्यसमाथि पातलो । त्यसमाथि, पुरै अनुहार भरी । दाह्री पातलो बनाउँदा, भित्रको जाली देखिने । बाक्लो बनाउँदा, कर्ली दाह्रीम्याचनुहने । बढो मुश्किलले दाह्रीबनाईयो । मकालो वर्णको । शुशिलदा गोरो वर्णको । मेक अपम्यानको पसिना छुट्थ्यो । मेरी बास्सैमा, तीन वटा चश्मा फेरेँ । उनको रोल निभाउँदा एउटा बुट्टे गलबन्दी लगाउनुपर्ने थियो । त्यो कहिल्यै छुटेन ।
सुटिङ गर्दागर्दै हातमा सुम्ला
एकचोटी चैँ नेताहरु पढ्न जाने , सर नआएर नेताहरुले “चीँमुसीचीँ” खेल्ने दृश्य थियो । सुटिङ गर्ने बेला मात्यो उमेरका नेताहरु “चीँमुसीचीँ” खेलेको सम्झिएर एकदम हासो लाग्यो मलाई । हास्दाहास्दा सुटिङ नै गर्न सकिएन । पाँच –सात टेक गइसक्यो, हासै रोकिएन । त्यहीँ एउटा लौरो थियो, लौरले आफुले आफैलाई स्वाँटस्वाँट हिर्काएँ । त्यति गर्दा पनि हासो रोकिएन । अनि त्यसपछि, हातको पछाडिपट्टी, पहिले सरले स्कूलमा कुट्नु भएको जस्तो, त्यहाँ लगातार ५,७ चोटी हिर्काएँ । त्यसपछि चैँ हातमा सुम्लापनि बस्यो । अनि, हासो पनि नियन्त्रण गर्न सकियो ।
बल्छी ध्रुबेले धेरै पटक बोक्यो
संबिधानसभाको चुनाब दोस्रो,सकिएपछि बिजयजुलुस थियो । इकुडोलको डाँडामा विजयजुलुस । बल्छी ध्रुबेले मलाई बोकेर जुलुस हिड्नुपर्ने , अनि अरु पनि धेरै मान्छे । धेरै मान्छे भएपछि धेरै गल्तीहुन्छ ।त्यहाँपनि धेरै टेकखाईयो । टेकदिदा, दिदा बल्छी ध्रुबे गलेर हैरान । गलेको झोँकमा काँधबाट खसियो भने ?तलतिर भीर छ फेरी । एकातिर बल्छी धु्रबेको मायालाग्यो । अर्कोतिर आफ्नै मायालाग्यो ।
शुसिलकोईरालाप्रधानमन्त्री भएपछि, चौरासीबा गाउँले प्रमुख भए । अनि, बल्छी ध्रुबे स्वकीय सचिव अर्थात पिए । उसले जहाँ लादा पनि बोकेरै लान्थ्यो । गाउँले प्रमुख जस्तो मान्छे बोक्नु भनेको त भाग्यको कुरा भन्दै बोक्थ्यो । तर, सुटिङ गर्दा चैँ सँधै हैरान । बल्छी ध्रुबे दुब्लो भएपनि, बलियो रहेछ भन्ने मलाई त्यही बेलाथाहाभयो ।
प्रधानमन्त्री नै मै हुँ जस्तो पनि लाग्थ्यो
सिताराम कट्टेलले निर्देशनगर्दाखेरी, यस्तो भएन, फेरि गर्नुस् , हाउभाउ मिलेन , रि टेक गर्नुस् , डायलग यस्तो हो फेरि भन्नुस् भन्दा, यो फुच्चेले किनबाठो हुनु देशको ठूलो मान्छे मै छु भन्या जस्तो पनिलाग्थ्यो । मैले अभिनय गरेको हो भन्ने नै मैले भुल्थे र निर्देशकलाई नै फुच्चे ठान्थे । त्यो चैँपात्र सवार हुँदाखेरीको नतिजाहो । अनि डायलग पनिमाथि नै परे हुन्थ्यो भन्या जस्तो हुने रहेछ ।


0 comments Blogger 0 Facebook
Post a Comment