उपत्यकामा पछिल्लो समय महिलाहरु पनि पाकेटमारी सम्लग्न हुन थालेको प्रहरीले
जनाएको छ । पाकेट मारी गर्ने कार्यमा संलग्न गोठाटार बस्ने काभे्र पनौती
घर भएकी ३५ वर्षीया कान्छीसिङ परियार, ओखलढुङ्गा राण्दिप–६ घर भएकी ३५
वर्षीया दिपा घिमिरे र उनीहरुको साथी कोटेश्वर बस्ने भोजपुर व्यौली–७ घर
भएका ३३ बर्षीय श्याम कुमार दाहाल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साँखु स्थित शंखरापुर बसपार्कमा उनीहरुले पाकेट मारी गरेको सूचना प्राप्त
हुनासाथ शनिबार प्रहरी प्रभाग साँखुबाट सादा पोशाकमा खटिएको टोलीले
परियारलाई पाकेट मारी गरेको नगद ३५ हजार ५ सय ९२ रुपैयाँ, पहेंलो धातु
जस्तो देखिने टप २ थान, बाला २ थान, झुम्का १ थान,लेडिज व्याग १ थान सहित
तथा घिमिरेलाई नगद ४७ हजार ७ सय १४ रुपैयाँ,मोवाईल १ थान ,युएस डलर २, युएई
दिराम २५, हङकङ डलर ५ सय सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले पकेट मारी पैसा निकाली झाडीमा फालेको १० थान खाली पर्स
समेत बरामद गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
0 comments Blogger 0 Facebook
Post a Comment