माघ २४, २०७२- नेपाल वायु सेवा निगमको ९ एन–एविटि टवीनअटर जहाज शनिबार भोजपुर विमानस्थलमा बिग्रिएपछि यात्रुहरु अलपत्र परेका छन् ।
यात्रुलाई शनिबार ९ बजे एयरपोर्ट पुग्ने समय दिइएकोमा काठमाडौं–भोजपुर उडानको जहाज अपरान्ह २ बजे अवतरण भएको थियो । भोजपुर–विराटनगरको उडान भर्न लागेको बेला जहाज स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको हो । जहाजको दायाँ पंखा नघुमेपछि थन्किएको बताइएको छ
जहाज बिग्रिएपछि भोजपुरदेखि विराटनगर र
काठमाडौं जाने यात्रुको विचल्ली भएको छ । आईतबार काठमाडौंबाट अर्को जहाजमा
इन्जिनियर आएर बनाएपछि बिग्रिएको जहाज काठमाडौं फर्काइने नेपाल वायु सेवा
निगम भोजपुरमा बजार सहायक राजु मिजारले बताए ।

0 comments Blogger 0 Facebook
Post a Comment