माघ २४, २०७२- बलात्कारपछि हत्या गरिएकी पोखराकी नेहा पुनको लागि न्याय माग्दै नायिकाहरूले माइतीघर मण्डलामा शनिबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । नायिका ऋचा शर्माको पहलकदमीमा सेलिब्रेटी तथा सर्वसाधारणहरू ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केही बेर उभिएका थिए । लगत्तै मृतक आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए । ‘राजधानीमा मात्रै यस्ता घटना हुँदा आवाज उठ्ने तर बाहिर हुँदा नउठ्ने परिपाटी देखियो । नेहाको केसलाई पनि देशले सुनोस् भनेर आवाज उठाएका हौं,’ नायिका ऋचाले अपराधीलाई जतिसक्दो चाँडो कारबाही गरी पीडितलाई न्याय दिन पनि सरकारसमक्ष आग्रह गरेकी छन् । झन्डै डेढ सयको उपस्थिति रहेको मण्डलामा मिस नेपाल इभाना मानन्धरसहित नायिकाहरू झरना थापा, प्रियंका कार्की, निशा अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, माल्भिका सुब्बा, दीपाश्री निरौला, दिया मास्के, आना शर्मा लगायतले दीप प्रज्ज्वलन गरी मृतआत्माप्रति श्रद्धाञ्जली दिएका थिए ।

 प्रकाशित: माघ २४, २०७२

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top