मोबाइल फोनमा धेरै फोटो भएपछि स्टोरेजको समस्या हुने गर्छ। यस्तो समस्या
भएमा फोटोलाई कम्प्रेस गरेर उक्त समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ।
जानौँ केही यस्ता एप्सका बारेमा जसले फोटोको साइज कम गर्न मद्दत गर्छ।
क्र्याम (Cramp)
आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा काम गर्ने यो एप निकै उपयोगी छ। यस
एपले फाइल साइजलाई करिब ६० प्रतिशतसम्म कम गर्छ। यस एपको साइज २.९ एमबी
रहेको छ।
इमेज स्कविजर (Image Squeezer)
विन्डोज मोबाइलको लागि यो एप उपयुक्त छ। विन्डोज स्टोरबाट निःशुल्क यो एप
डाउनलोड गर्न सकिन्छ। यस एपले ७० प्रतिशतसम्म फाइल साइज कम गर्छ। यस एपको
साइज ३४७ केबी रहेको छ र यसलाई प्रयोग गर्न विन्डोज ७ भन्दा बढीको अपरेटिङ
सिस्टम हुन पर्छ।
इमेज ओप्टिम (Image Optimum)
म्याक प्रयोग गर्नेले यो एप प्रयोग गर्न सक्छन्। उस एपले फोटोको क्वालिटीलाई कुनै असर नपारी फोटो साइज घटाउने गर्छ।
कम्प्रेसर डट आईओ (Compressor.io)
इन्टरनेटको प्रयोग गर्दा कुनै एप बिना कम्प्रेसर डट आईओको मद्दतले फोटोको
साइज कम गर्न सकिन्छ। यसबाट कम्प्रेस गरेको फोटो सिधै गुगल ड्राइभ र
ड्रपबक्समा पनि सेभ गर्न सकिन्छ।

0 comments Blogger 0 Facebook
Post a Comment