मुम्बई– बलिउड अभिनेता अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीबीचको ब्रेकअपले अहिले बलिउड तताएको छ। ब्रेकअपका विषयमा अनुष्का र विराटले भने अहिलेसम्म मुख खोलेका छैनन्। तर संचारमाध्यमका अनुसार अनुष्का विराटसँग विवाह गर्न तयार छैनन्। सोही कारण दुवैबीच खटपट भएर ब्रेकअप भएको हो। भारतीय संचारमाध्यमका अनुसार विराट कोहली अनुष्कालाई कुनै पनि अवस्थामा गुमाउन चाहँदैनन्। सोही कारण विराटले अनुष्काको मन नदुखाउने निर्णय गरेका हुन्। संचारमाध्यमका अनुसार विराट अनुष्काको मन नदुखाइ आफ्नो बनाउने पक्षमा छन्। अहिले पनि विराट र अनुष्काबीच अहिले पनि सुमधुर सम्बन्ध छ। तर अनुष्का विराटसँग विवाहको लागि भने तयार छैनन्। दुवैबीचको ब्रेकअपको खबरले सुरुमा दुवैले सोशल नेटवर्किङ साइट इंस्टाग्राममा एकअर्कालाई अनफलो गरेका थिए। संचारमाध्यमका अनुसार अष्ट्रेलिया भ्रमणका क्रममा विराटले अनुष्कासँग विदा मनाउने योजनासमेत बनाएका थिए। तर विवाहको विषयलाई लिएर दुवैबीच असमझादारी बढ्यो र ब्रेकअपको समाचार सार्वजनिक भएको हो। अनुष्का अझै दुई वर्षसम्म करियर बनाउन चाहन्छिन्। सोही कारण उनले विवाह नगर्ने बताएकी हुन्। पछिल्लो समय अनुष्का सलमान खानको फिल्म सुल्तानमा मुख्य भूमिका निर्वाह गरेकी छिन्। जसको शुटिङ जारी छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top