नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ ।

विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो । तर पनि अझै यस वर्षको पुस मसान्त सम्ममा दुई करोड ५१ लाख ५१ हजार बक्यौता भने उठ्न बाँकी रहेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुरका लेखा अधिकृत जितेन्द्र झाले बताए।
२०७२ सालको वशाखदेखि पुस मसान्तसम्ममा कार्यालयले करिब ११ करोड ३६ लाख ८४ हजार ४४४ रुपैयाँ बराबरको विद्युत् बिक्री गरेर महसुल उठाएको पनि लेखा अधिकृत झाले बताए। गत चार महिनाभित्र मात्र धेरै रकम बक्यौता भएर पनि शुल्क नबुझाउने ग्राहक मध्येका ५६ जना ग्राहकको लाइन काटेर कारबाही गरिएको पनि कार्यालयले बताएको छ । अहिले पनि जिल्लाका केही सरकारी कार्यालयसहित धेरै ग्राहकले शुल्क बुझाउन बाँकी रहेको पनि कार्यालयले बताएको छ ।

बाँकी बक्यौता रकम उठाउनका लागि कार्यालयले कडाइका साथ अहिले अभियान सञ्चालन सुरु गरेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख अबधेशकुमार दुबेले बताएका छन् । अहिले उदयपुरको कटारी क्षेत्र, गाईघाट क्षेत्र तथा बेल्टार क्षेत्र गरी करिब २७ हजार ६४४ घर कार्यालयका ग्राहक रहेका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top