
बाँसघारीमा लुकाएर राखिएको बेवारिसे एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन प्रहरीले बरामद गरेको छ । विराटनगर उपमहानगरपालिका–२० स्थित दरैया बस्तीमा विष्णु अधिकारीको घरनजिकैको बाँसघारीमा लुकाएर राखेको एकथान पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने एक थान म्यागेजिन प्रहरीले मङ्गलबार साँझ बरामद गरेको हो । बाँसघारीमा पेस्तोल देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । पेस्तोल खिया लागेको अवस्थामा भएकाले कसैले लामो समयदेखि बाँसघारीमा लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद पेस्तोलबारे थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस
0 comments Blogger 0 Facebook
Post a Comment