प्रेम दिवस नजिकिँदै छ । खासगरी आफ्नो साथीलाई कस्तो उपहार दिने विषयमा तन्नेरीहरूमा दुविधा बढ्छ । फेब्रुअरी १४ भ्यालेन्टाइन डे साथै ‘इन्टरनेसनल बुक गिभिङ डे’ पनि हो । राजधानीमा केही दिनदेखि जारी पुस्तक प्रदर्शनीमा भने भ्यालेन्टाइन डेका लागि मन छुने पुस्तक किन्नेहरू पनि भेटिए । भृकुटीमण्डपमा जारी प्रदर्शनीमा साहित्य, समाज, विज्ञान, प्रविधि, संस्कृति, शिक्षालगायत दर्जनौं विधाका किताब राखिएका छन्, जहाँ पाठकहरू आफ्नो रुचिअनुसार किन्छन् । भक्तपुरकी आया मानन्धरले आफ्नो प्रेमीको नाम त खुलाउन चाहिनन् ? रुचि भने मज्जाले खुलाइन् । ‘अलिक पढन्ते छ,’ उनले केही अप्ठ्यारो मान्दै भनिन्, ‘त्यही भएर यहाँ आएकी ।’ खासमा उनी केही दिनयता ‘भ्यालेन्टाइन गिफ्टबारे सोचिरहेकी थिइन् रे । न्युरोडका केही सपिङ सेन्टरहरू चाहरेर गिफ्ट किन्ने उनको मनसाय भृकुटीमण्डप आएपछि भने परिवर्तन भयो । ‘यहाँ आएपछि पुस्तक नै सबैभन्दा राम्रो गिफ्ट हुन सक्छ भन्ने दिमागमा फुर्‍यो,’ उनले भनिन् । किताबका स्टलहरूमा निकैबेर घुमेपछि हालै बजारमा आएको बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ किनिन् । अब यही किताबलाई गिफ्ट सफ्टमा गएर आकर्षक र्‍यापिङ गर्ने र आफ्नो प्रेमीलाई उपहार दिने उनले बताइन् । पुस्तक उपहार दिने संस्कृति पछिल्लोपटक युवा पुस्तामा बढदै छ । प्रदर्शनी संयोजक पुण्यप्रसाद प्रसाईंले यो साता प्रदर्शनीमा आउनेमध्ये अधिकांश युवा रहेको दाबी गरे । मंगलबार प्रदर्शनीमा केही पाठकहरू भने आध्यात्मिक पुस्तकतिर बढी तानिइएको भेटिए । पुतलीसडकका विक्रम जोशीले ओशोसम्बन्धी पुस्तकको स्टलमा निकै समय बिताए । उनको अंगालोमा ओशोका विचारधारा समेटिएको एक थाक किताब थिए । खासमा उनी ओशोमार्फत यौन मनोविज्ञानको गहिरो अध्ययन गर्न चाहेका रहेछन् । ‘प्रदर्शनीमा भेराइटी पनि पाइन्छ नि,’ उनले भने । रोचक के भने ‘भगवद् गीता’ पल्टाइरहेका युवाहरूको जमात पनि लोभलाग्दो थियो । डिकुरा पब्लिकेसन्सले अघिल्लो सातादेखि पुस्तक प्रदर्शनी थालेको हो । यही साता सकिने प्रदर्शनीको यो तेस्रो संस्करण हो । एक सयभन्दा बढी प्रकाशन गृहका पुस्तकहरू प्रदर्शनीमा राखिएको प्रसाईंले जनाए

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top