
रौतहटमा छिमेकीलाई झुठो मुद्दामा फसाएर सजाए गराउन एक महिलाले आफू बलात्कृत भएको नाटक गरेको खबर छ माघ १८ गते राति १ बजे रौतहटको विश्रामपुरमा ४५ वर्षिया एक दलित महिला बलात्कृत भएको खबर प्रहरी समक्ष आयो । पिडितका श्रीमानले नै आफ्नो श्रीमतीलाई पाँच जनाको समूहमा आएका नकावधारीले घर बाहिर लगेर बलात्कार गरेको घटना प्रहरीलाई सुनाए । छिमेकीहरुले बलात्कार गरेको आरोप पिडित महिलाको श्रीमानले लगाए पछि प्रहरीले अनुसन्धान शुरु गर्यो र बलात्कारमा सँलग्न भनिएका पाँच जनालाई पक्राउ पनि गर्यो ।पिडित महिलाको शारीरिक परिक्षण बाट समेत यौन हिंसा भएको मेडिकल रिपोर्ट आए पछि बलात्कारको घटना भन्दै अनुसन्धान शुरु गरेको प्रहरी त्यती बेला झस्कीयो जब श्रीमान श्रीमती दुवैले सुनियोजित तरिकाले नाटक गरेको तथ्य फेला पार्यो ।
0 comments Blogger 0 Facebook
Post a Comment