मानव बेचबिखन मुद्धामा फरार अपराधी पक्राउ:
नुवाकोट, २१ माघ,
मानव बेचबिखन मुद्धामा ९ वर्षदेखि फरार नुवाकोट दाङ्गसिङ्ग गा.वि.स.–५ वस्ने लालबहादुर तामाङलाई उनकै घरमा लुकिछिपी बसेको अवस्थामा बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
दाङ्गसिङ्ग गाविस–५ का २ जना महिलालाई ललाई–फकाई पर्सास्थित वीरगंज नाकाबाट भारततर्फ लैजाँदै गर्दाको अवस्थामा २०६४ कात्तिक ९ गते वीरगंजमा पक्राउ परेका तामाङ कात्तिक २२ गते मानव वेचविखन मुद्धा दर्ता भई वीरगंजबाट नुवाकोट ल्याउने क्रममा विदुर नगरपालिका–४ वट्टार बजारबाट प्रहरीको सुरक्षाबाट हतकडीसहित फरार भएका थिए ।
फरार भएपछि भारततर्फ गई लुकी–छिपी वस्दै आएको अवस्थामा तामाङलाई अदालतबाट १० वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना तोकिएको थियो । 
NEPAL POLICE

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top