यु-१९ विश्वकप क्रिकेट: नेपालले३ विकेट गुमायो, सन्दिप, योगेन्द्रसँगै शुनिल पनि २५ रनमै आउट (खेलको लाईभ भिडियो)
काठमाडौं, २२ माघ - आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको क्वाटर फाइनलमा नेपालले आयोजक राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ। ढाकास्थित शेरेबंगला रंगशालामा टस जितेर पहिले व्याटिङको उत्रिएको नेपालले खराब सुरुवात गरेको छ। नेपालले अोप्नर व्याट्स म्यान सन्दीप सुनार ७ र योगेन्द्र सिंह कार्की १ रनमै अाउट भएका छन्। यस्तै सुनिल धमला २५ रनमा रनअाउट भएका छन्।
नेपालले शुक्रवार १४ वर्षपछि यू-१९ विश्वकप क्रिकेटमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि नेपालले बंगलादेशसँग आईसीसी यू-१९ विश्वकपमासन् २००२ मा प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले बंगलादेशमाथि २३ रनको जित निकालेको थियो। तर त्यसयता बंष्गलादेशले क्रिकेटमा निकै ठूलो फड्को मारिसकेको छ।
नेपाल समूह चरणको पहिलो खेलमा टेस्ट मान्यता राष्ट्र न्युजिल्यान्डमाथि ३२ रन र दोस्रो खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो। यस्तै समूह चरणको अन्तिम खेलमा भने नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो।
तर बंगलादेश समूह चरणका सबै खेलमा जित हातपार्दै समूह विजेता बन्दै क्वाटर फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो। बंगलादेशले समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन दक्षिण अफ्रिकामाथि ४३ रनको जित निकालेको थियो भने दुई एसोसिएट राष्ट्र स्कटल्यान्डलाई १ सय १४ र नामिबियालाई ८ विकेटले पराजित गरेको थियो।
सन् २००२ पछि नेपालले यु-१९ विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएपनि खेलमा एकरूपता आउन सकेको छैन।

0 comments Blogger 0 Facebook
Post a Comment