माघ २१, २०७२- बलिउड सुपरस्टार शाहरुख खानको लामो समयदेखिको ईच्छा हो, निजी विमान किन्ने । तर, उनले त्यो ईच्छा त्यागिदिए । आफ्नै निजी विमान भएको खण्डमा आवत जावत गर्न सजिलो हुने र कतिपय कामहरु जहाजमै गर्न सकिने भएकाले उनले जहाज किन्ने ईच्छा जागेको बताएका थिए ।
‘जहाज किन्न मलाई पहिलेदेखि नै मन थियो तर फिल्ममा लगानी गर्नु परेकाले जहाज किन्ने पैसा पुगेन,’ उनले हालै अन्तर्वार्तामा भनेका छन् । ‘कि त जहाज किन्न पुग्थ्यो कि त फिल्म बनाउन, मैले जहाजका अघि फिल्म रोजें,’ ५० वर्षिय शाहरुखले भनेका छन् ।
हलिउडका थुप्रै स्टारहरुसँग निजी जहाज छ । फिल्मको बजेट र पारिश्रमिक बढ्दै गएपछि अहिले बलिउडमा पनि निजी जहाज किन्न खोज्ने स्टारहरु बढेका छन् ।

प्रकाशित: माघ २१, २०७२

0 comments Blogger 0 Facebook
Post a Comment