माघ २२, २०७२- नेपाली टोलीका कप्तान राजु रिजालले बंगलादेशविरुद्ध अर्धशतकीय पारी खेलेका छन् । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको क्वार्टरफाइनल अन्तर्गत बंगलादेशको मिरपुरमा आज जारी खेलमा उनले ८० बलमा ७२ रन बनाए ।
टस जितेर ब्याटिङ् रोजेको नेपालले यो समाचार तयार पार्दासम्म अहिले ४४ ओभरमा ७ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।
यसअघि, नेपाली ओपनरद्वय सुनिल धमला २५ र सन्दीप सुनार ७ रनमा आउट भएका थिए । त्यस्तै, आरिफ शेख २१ र योगेन्द्र कार्की १ रनमा पेवेलियन फर्किए ।
प्रकाशित: माघ २२, २०७२


0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top