काठमाडौं, २२ माघ - नेपाल आयल निगमले मोटरसाइकल तथा स्कुटरलाई लट नम्बरका आधारमा पेट्रोल बिक्री गर्दै आएको छ।
निगमले शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्दैछ। निगमले काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ५१ वटा पम्पबाट शुक्रबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री गरिने जनाएको छ। नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह गरेको छ। तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ। निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गरेको थियो। बाँकी लटका लागि पछि सूचना निकालिने निगमले जनाएको छ। |
|
Subscribe to:
Post Comments (Atom)

0 comments Blogger 0 Facebook
Post a Comment