मोबाईल सेवा प्रदायक एनसेलले ग्राहक सचेतनाको पहल सुरु गरेको छ। यस अन्तर्गत कम्पनीले डाटा ग्राहकलाई आफ्नो मोबाईलमा ब्याकग्राउण्ड डाटा बन्द गरेर अनावश्यक ब्यालेन्स खर्च हुनबाट जोगिन अनुरोध गरेको छ ।
 
विशेषगरी स्मार्टफोनमा रहेका विभिन्न एप्लिकेसनले स्वतः अपडेट लगायतका कार्यमा डाटा खपत गर्ने भएकोले यसलाई रोक्न ब्याकग्राउण्ड डाटा डिसएबल गर्न सुझाएको हो । यसले ग्राहकलाई ईन्टरनेट नचलाउँदा पनि ब्यालेन्स काटिने समस्याको समाधान गर्न मद्दत पुर्याउँछ। 
 
आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता बमोजिम कम्पनीले ग्राहक सचेतनाको यस्तो पहल सुरु गरेको बताएको छ। 
 
यस अन्तरगत कम्पनीले मोबाइलमा इन्टरनेट नचलाउँदा पनि परोक्षरुपमा ब्याकग्राउण्डमा रहेका अपरेटिङ्ग सिष्टम तथा एपले डाटा खपत गर्न सक्ने र यसले गर्दा लाग्ने डाटा शुल्कको बारेमा विभिन्न माध्यमहरु जानकारी मुलक सन्देशहरु दिईरहेको छ ।
 
यसरी लाग्ने ब्याकग्राउण्ड डाटा चार्जिङ्गका बारेमा जानकारी दिन कम्पनीले छुट्टै आइभिआर नम्बर १७१२८ पनि संचालन गरेको छ । ग्राहकले यो नम्बरमा डायलगरी कसरी ब्याकग्राउण्ड डाटा चार्जिङ्ग हुन्छ, यो हुन नदिन के गर्ने र आफ्नो ब्यालेन्स कसरी बचाउने भन्ने बारेमा जानकारी लिन सक्छन् । साथै कम्पनीले अनलाइन ब्यालेन्स रिचार्ज गर्ने पेजमा, पत्रपत्रिकामा कमिक्स् स्ट्रिपहरु मार्फत र डाटा प्याकका लिफलेटबाट पनि ब्याकग्राउण्ड डाटा चार्जिङ्गको बारेमा जानकारी दिइरहेको छ ।
  • यस अन्तर्गत कम्पनीले ग्राहकलाई स्मार्टफोनका विभिन्न एप्लिकेसनले थाहै नदिई सिस्टम अथवा एप अपडेट हुनेबाट जोगिन र आवश्यक नभएको बेलामा मोबाइल डाटा अफ गर्न सुझाएको छ ।
  •  डाटा अन गर्ने वितिक्कै कुनै पनि एपको नोटिफिकेसन आउँछ भने ग्राहकले नचलाएको बेलामा पनि एपले डाटा प्रयोग गरिरहेको छ भनेर थाहापाउन सकिन्छ । त्यसैले आफूलाई आवश्यक पर्ने एप्लिकेसनको लागि मात्र ईन्टरनेट प्रयोग गर्न ग्राहकले मोबाईलको डाटा वा ईन्टरनेट सेटिङ्गमा गई चाहिने एपहरु मात्र टिक गर्नु उपयुक्त हुन्छ । अन्य एपलाई वाईफाईमा मात्र प्रयोग हुने गरी सेटिङ्ग मिलाउदा मोबाईल डाटाको खपत ग्राहकको नियन्त्रणमा रहन्छ ।
  • यस बाहेक डाटा अन गर्दा मोबाईलबाट स्वतः डाटा ट्रान्सफर पनि हुन सक्छ जसले गर्दा शुल्क लाग्दछ । यसलाई रोक्न र अतिरिक्त शुल्क लाग्नबाट जोगिन ग्राहकले आफ्नो स्मार्टफोनको सेटिङ्गमा गई ‘अटोमेटिक अपडेट अफ’, ‘अपडेट अन वाईफाई’ वा ‘रिसट्रिक्ट मोबाईल ब्याकग्राउण्ड डाटा’ मा टिक गर्न सक्छन् ।
  • यस्ता सिस्टम वा एप अपडेटहरु जहाँ वाईफाई सेवा उपलब्ध छ त्यस्तो स्थानमा गर्न सकिन्छ । त्यसका लागि ग्राहकले आफ्नो स्मार्टफोनको सेटिङ्मा गएर ‘अपडेट अन वाईफाई’ मा टिक गर्न सक्छन् ।
  • साथै ग्राहकले आफ्नो मोबाईललाई वाईफाई हटस्पट बनाउँदा आफुले बाहेक अरुले पनि सो वाईफाई प्रयोग गर्न सक्छन् । यसो हुँदा पनि ग्राहकलाई आफ्नो ब्यालेन्स घटिरहको थाहा नहुन सक्छ ।
  • वाईफाई सेवा उपलब्ध भएको ठाउँमा डाउनलोड पुरा हुन नपाउँदा वा सामाजिक संजालका साईटबाट लगआउट नभएमा पनि डाटा अन हुने बितिक्कै डाउनलोड हुन वा पेज फेरि स्वतः चल्न थाल्छ । त्यसैले सामाजिक संजालका साईटबाट लगआउट गर्न र एप डाउनलोड र अपडेट गर्न ‘अपडेट अन वाईफाई’ गर्न बिर्सन हुन्न ।
यी लगायतका ब्याकग्राउण्ड डाटा चार्जिङ्गका बारे जानकारी लिन एनसेलले ब्यालेन्स इन्क्वाइरी गर्दा होस् वा कल समाप्ति पछि आउने जानकारीमा ग्राहकलाई १७१२८ मा डायल गर्न सूचना प्रवाह गरिरहेको छ ।
 
“डाटा प्रयोगकर्ताको संख्या बढिरहेको विद्यमान परिप्रेक्ष्यमा ग्राहकलाई सुसूचित रहन तथा थाहै नपाई हुने संभावित डाटा प्रयोग र शुल्कका बारेमा जानकारी दिन यस्तो पहल जरुरी छ । यसले सेवा प्रतिको अनुभवलाई थप राम्रो बनाउनमा योगदान पुर्‌याउने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top