बंगलादेशका एक युवाको हातमा रुखका जराजस्ता देखिने वस्तु पलाएको भेटिएको छ । ‘ट्रि म्यान डिजिज’ भनिने एक किसिमको रोग लागेका कारण अब्दुल बजन्दारका दुवै हातमा रुखका हाँगा र जरा पलाएको बताइएको छ । उनका खुट्टाका औंलामा पनि यस्तै चिज पलाएका छन् । यसको उपचार गर्नका लागि भारत आइपुगेका उनको बंगलादेश सरकारले निशुल्क उपचार गर्ने जनाएको छ । बंगलादेशका स्वास्थ्य मन्त्रीले उनको उपचार गर्ने घोषणा गरेका हुन् । संसारमै यस्तो रोग लागेका उनीमात्रै भएको दावी पनि गरिएको छ । अहिले अमेरिकाको प्रयोगशालामा उनको रोगबारे परिक्षण भइरहेको बताइएको छ ।


Watch Video
 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top