डेस्कटप वा ल्यापटपबाट म्यासेज/एसएमएस पठाउने सजिलो विकल्प हो 'पुसबुलेट'।
मोबाइल फोनको तुलनामा डेस्कटपमा टाइपीङ स्पीड बढी हुन्छ। यसकारण म्यासेज/एसएमएस पठाउन सजिलो पुसबुलेट निकै लोकप्रिय छ। तर केही समय यता पुसबुलेटले आफ्नो सेवा शुल्कमा वृद्धि गरेका कारण प्रयोगकर्ता अन्य विकल्प तर्फ केन्द्रित भएको बिबिसीको रिर्पोटमा जनाइएको छ।
‘जोइन’ (Join) नामक एक एपले पुसबुलेट जस्तै फिचर ल्याएको छ। यसको बेटा भर्जनमा जोडिन आफ्नो गुगल एकाउन्टबाट लगइन (Login) गरेर यसको कम्युनिटीमा सम्मिलित हुनु पर्छ। लगइन गरेपछि ‘बिकम अ टेस्टर’ (Become a tester)  बटनमा क्लिक गरेर स्क्रिनमा देखिएका निर्देशन पालना गर्ने। आफ्नो कम्प्युटरको क्रोम ब्राउजरको जुन गुगल एकाउन्ट लग इन गर्ने एकाउन्टबाट नै यसमा रजिस्टर गर्नु पर्ने हुन्छ।
एकाउन्ट सेटअप गर्ने बेला ‘जोइन एसएमएस फिचर’ लाई छान्नु पर्ने हुन्छ। सेटअप पुरा भइसकेपछि आफ्नो व्यक्तिगत एसएमएस वेबसाइटलाई हेर्न सकिन्छ। यो सबै प्रक्रिया पुरा गरिसकेपछि एसएमएस पठाउन सकिन्छ। कुनै अन्य डिभाइसबाट एसएमएस पठाउनको लागि उक्त लिङ्क अर्को डिभाइसमा राख्नु पर्ने हुन्छ।..

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top