
रौतहट, माघ २४ - आइतबार प्रहरीले गाउँकै चेलीलाई भारतको मुम्बईमा बिक्री गरी फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलिले २०६९ सालमा आफ्नै गाउँको चेलीलाई भारतको मुम्बईमा बिक्री गरी फरार रहेका रौतहटको राजपुर तुलसी गाविस वडा नम्बर ९ का ४० बर्षीय शेष ओसि अख्तरलाई पक्राउ गरेको हो । डिएसपि राजेन्द्र पोखरेलले मधेस आन्दोलनको कारण सुरक्षाको चुनौती बढेर गाउँ–गाउँमा प्रहरी गस्ती कम भए पछि लामो समयदेखी फरार रहेका अख्तर आफ्नै घरमा बसिरहेको बेला पक्राउ गरेको बताएका छन् । स्टुडियोमा फोटो खिचाउने बहानामा गाउँकै ४ जनाले सिमवर्ति भारतको बैरगनिया बजारमा लगेर उनलाई वेहोस वनाइ मुम्बइमा लगेर बिक्रि गरेका थिए। उनले मुम्बईमा विक्री गरेकी चेली १४ महिनापछि चार महिने शिशु बोकेर घर फर्किएकी थिइन्। घरवाट विभिन्न प्रलोभन देखाएर शेख ओशी अख्तर, शेख महफुज, शेख मरगुव र लेफाकत मियाको श्रीमति सेहरा खातुनले फोटो खिचाउने बहानामा सिमावर्ति भारतको बैरगनियमा लगेर फोटो स्टुडियो पसलमा मुख सफा गर्नलाई नसालु पदार्थ मिसाएर रुमाल दिएपछि आफु वेहोस भएको र तीन दिनपछि होस खुल्दा भारतको मुम्बईको एक कोठिमा बेचिएको ति युवतीले चाल पाएकी थिइन्। जिल्ला अदालतले आरोपित चारैजनालाइ जनही पाचास–पचास हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा गरेपनि पुरनरावेदन अदालत हेटौडाले आरोपितलाई थुनामा राखि कारबाहि गर्ने फैसला सुनाएको थियो।
0 comments Blogger 0 Facebook
Post a Comment