
चालू आर्थिक वर्षको पुसमा रोजगारीका लागि विदेश गएका ९८ नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार चालू आवको पुससम्ममा ४६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाइसकेका छ । गत वर्षको यही अवधिमा ४२७ नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । यो तथ्यांक वैधानिक ढंगबाट श्रम स्वीकृति लिएर गएका कामदारको मात्र हो । अवैध ढंगबाट गएर मृत्यु भएका कामदारको संख्या पनि ठूलै रहेको अनुमान छ । सबैभन्दा बढी कामदारको मृत्यु मलेसियामा भएको छ । साउदी अरब, कतार ,युएई र कुवेतमा पनि बढी कामदारको मृत्यु भएको बोडेले जनाएको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment