
प्रभु बैंकले शुक्रबार देखि एकिकृत कारोवार शुरु गर्ने भएको छ । प्रभु बैंक र ग्राण्ड बैंकबीच मर्ज भई प्रभुको नामबाट एकिकृत कारोवार शुरु गर्न लागेको हो । फागुनबाट एकिकृत कारोवार शुरु गर्ने भनिएपनि नेपाल राष्ट्र बैंकले माघबाटै शुरु गर्न पत्राचार गरेपछि सोही अनुरुप शुक्रबारबाट दुई बैँक मर्ज भएका हुन् । दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले यही माघको पहिलो हप्ता अन्तिम स्वीकृति दिएको थियो । मर्जरसँगै शाखा तथा एटीएम संख्याको आधारमा निजी क्षेत्रको सवैभन्दा ठूलो बैंक हुने छ । मर्जपछि बैंकको शाखा तथा काउण्टर संख्या १ सय ३६ पुग्ने भएको छ भने १ सय २३ वटा एटीएम काउन्टर हुने भएको छ । मर्जपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ९२ करोड पुगेको छ । मर्जरमा जानका लागि पनि यी दुई बैंकबीच सेयर स्वाप रेसियो प्रभु बैंकको प्रतिसेयर मुल्य १ सय २१ रुपैयाँ ४५ पैसा र ग्राण्डको प्रतिकित्ता ६५ रुपैयाँ ५८ पैसा कायम गरिएको थियो । मर्जर पश्चात बैंकको नाम ‘प्रभु बैंक लिमिटेड’ नै रहने भएको छ । यस्तै बैंकको केन्द्रिय कार्यालय हाल प्रभु बैंक रहेको विजुलीबजार स्थित भवनमै रहने भएको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment