मलेसियाले बंगालादेशबाट १५ लाख कामदार लिने भएको छ । बंगालादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया सरकारसँग सहमति गरेका र केही साताभित्रै यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने जानकारी गराएका छन् । मलेसिया र बंगलादेशबीचको यो सहमतिले नेपालको वैदेशिक रोजगारीमा भने ठूलो झट्का लागेको छ । मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएका बेला बंगलादेशी कामदार त्हाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ । विगतमा भलेसियाले बंगाली कामदार रोकेर नेपाली लिन गालेकाले लाखौँले त्यहाँ अवसर पाएका थिए । नेपालमा सरकारले निः शुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनाकानी गरिरहेका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top