काठमाडौं– हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुःख र पीडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन्। कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडिएका मुसहर बस्ती पस्छन्। अनी कहिले सडक बढार्दै देश दौडाहामा लाग्छन्। भूकम्पपछि धुर्मुस सुन्तलीमा देश प्रेमको भाव निकै बढेको देखिन्छ। यसै क्रममा धुर्मुसले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन्। सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको 'मेरो देश इन्द्रेणी' बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन्। टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन्। गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ। गीतमा आफ्नो वास्तविक भावना पनि जोडीएकाले म्युजीक भडियोमा आफैँले अभिनय गरेको कट्टेलको भनाई छ। गीतमा स्वरुपराज आचार्यको स्वर छ भने बसन्त सापकोटाको संगीत छ। गीतलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन्

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top