काठमाडौं- अब तपाई गुगलमा जुनसुकै किताब पढ्न सक्नुहुन्छ। लेखकले आफ्नो किताब गुगल बुक्समा प्रकाशन गर्नको लागि दिन पनि सक्नेछन्। करिब दश बर्षको कानुनी लडाई पछि गुगलले केहि हप्ता पहिले यसो गर्ने अनुमति पाएको हो। यो सँगै गुगलको लाइब्रेरी प्रोजेक्ट अघि बढ्ने छ। तर यसको लागि किताबको कपिराइट समय कटेको हुनुपर्छ। गुगलको लाइब्रेरी प्रोजेक्ट सफल भयो भने स्मार्टफोनमै किताब पढ्न सकिन्छ। केहि बर्ष देखि गुगलले किताबको स्क्यान गरेर इन्टरनेटमा राख्ने प्रतिवद्दता गरेको थियो। गुगल बुक्सले किताबको फरक फरक भागको अनलाइनमा हेर्ने अनुमति दिन्छ। यदि किताब मन परेमा उसले किताब किन्नलाई सहयोग पनि गर्छ। दश बर्ष पहिले लेखकहरुको एक समूहले गुगलको बुक्स प्रोजेक्ट रोक्ने प्रयास गरेका थिए। कपिराइटको कुरा देखाउँदै लेखकहरुले गुगलले यसो गर्न नपाउने बताएका थिए। तर बर्षौं पछि अदालतले गुगलको कुरा मानेको छ। आफ्नो कितावको पिडिएफ भर्सन गुगललाई पठाएर लेखकले आफ्नो कितावलाई यो प्रोजेक्टमा सामेल गराउन सक्ने गुगलले बताएको छ। गुगलले लेखकलाई किताब पढ्ने र यसबारे जानकारी माग्नेहरुको बारेमा समेत जानकारी दिनेछ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top