
काठमाडौं– नयाँ शक्ति अभियान, नेपालको केन्द्रीय अन्तरिम परिषदमा बल्ल संयोजक बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले स्थान पाएकी छिन् । नयाँ शक्तिले तेस्रो पटक विस्तार गरेको सूचीमा संयोजक भट्टराई पत्नी यमीले केन्द्रीय परिषदमा बल्ल स्थान पाएकी हुन्। यसअघि दुई पटक विस्तार गरिएको सूचीमा यमीको नाम समावेश थिएन । विस्तारित २ सय ४४ सदस्सीय उक्त केन्द्रीय परिषदमा उनको स्थान २ सय ४० औं स्थानमा राखिएको छ । पूर्व महान्याधिवक्ता मुक्ति प्रधान, शान्तिकुमार तिमिल्सना, गोरखाका पूर्व एमाओवादी सांसद ज्ञानेन्द्र कुमाललगायत थपिएका छन्। केन्द्रीय अन्तरिम परिषदको दुई दिने बैठक आइतबारै सकिएको छ । उक्त बैठकमा संयोजक भट्टराईले पेश गरे अनुसार सो समिति विस्तार गरी २ सय ४४ सदस्सीय जम्बो केन्द्रीय समिति बन्न पुगेको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment