काठमाण्डाै, २९ माघ । गम्भीर स्वास्थ्य समस्याले ग्रस्तलाई समेत निरोगिताको प्रमाणपत्र दिने, छोरा जन्मने ग्यारेन्टी भन्दै दम्पतीबाट पैसा असुल्ने लगायत अवैध काम गरेका चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सामान्य नसियतमा उन्मुक्ति दिएको छ ।
काउन्सिलले चिकित्सक दर्ता परीक्षा नलिईकनै प्रसूति उपचारमा संलग्न भएर नवजात शिशुको ज्यान गएको घटनामा संलग्न चिकित्सकको भने लाइसेन्सिङ प्रवेशपत्र खारेजी प्रक्रिया थालेको छ ।
‘गोप्य’ छानबिन प्रतिवेदनअनुसार आँखा नदेख्ने रखुट्टा सुकेका बिरामीलाई समेत पैसा खाएर प्रमाणपत्र दिने, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र जाँच थोपरेर आर्थिक शोषण गरिरहेका चिकित्सकमाथि समेत नसियत दिने सिफारिस गरेको छ ।
चिकित्सकले उपचार क्रममा गर्ने गम्भीर लापरबाहीमा समेत कुनै छानबिन नगर्ने भन्दै आलोचित काउन्सिलले पहिलोपटक एकैपटक पाँच चिकित्सुकमाथि छानबिन र सामान्य कारबाही गरेको हो । अाजकाे नागरिक दैनिकमा खबर छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top