नहुँ २९ माघ । जिल्लाको स्रोत नक्सा निर्माणका लागि बिहीबार दमौलीमा गरिएको परामर्श बैठकमा अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरिएपछि नबुझिएको भन्दै सहभागीले कार्यक्रम नै स्थगित गरेका छन्।
जिल्ला विकास समितिले आयोजना गरेको जिल्लाको स्रोत सम्बन्धी परामर्श बैठकमा परामर्शदाता कम्पनी निस्ट प्रालिले अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरेको थियो । अंग्रेजीमा लेखिएको नबुझेपछि दलका स्थानीय नेता र अन्य सहभागीले परामर्श दिन नसकिने भनेपछि कार्यक्रम स्थगित गरिएको हो।
‘हामी दलका स्थानीय नेताहरुलगायत केही सहभागीलाई यो कार्यपत्रमा के छ भन्ने जानकारी नै छैन,’ एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले भने, ‘यो त सप्ताह सुनेजस्तो भयो । पण्डितले जय भनेको सुनेपछि जय भन्ँने । त्यसैले नेपालीमा कार्यपत्र प्रस्तुत गर्नुपर्छ भन्दै कार्यक्रममा सहभागी भइएन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments Blogger 0 Facebook
Post a Comment