काठमाण्डौं २९ माघ । विनाशकारी भूकम्पमा मृत्यु भएका ३३ जनाको बेवारिसे शव र मानव आवशेष महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा कुहिएर रहेका छन् । त्यसमध्ये केही शव विदेशी नागरिकका भएको अस्पतालले पुष्टी गरेकाे छ ।
काठमाडौं, लाङटाङ -रसुवा) र दोलखाबाट ल्याइएका ती शव कुहिएको दुर्गन्धका कारण संगै जोडिएको बिरामी उपचार कक्ष र स्थानीय बासिन्दामा समेत महामारी फैलिएर भयावह स्थिति उत्पन्न हुनसक्ने भन्दै शिक्षण अस्पतालको फोरेन्सिक विभागले गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।
वैशाख १२ र २९ गतेको भूकम्पमा परी मृत्यु भएकामध्ये काठमाडौंकै १५ वटा, रसुवाको लाङटाङबाट ल्यााइएका १५ वटा र दोलखाबाट ल्याइएका तीनवटा शव रहेको गृहलाई पठाइएको पत्रमा उल्लेख छ । केही सग्ले र कतिपयचाहिँ अंगभंग अवस्थाका शव ‘बडी व्याग’मा हाली कोड नम्बर दिएर राखिएको विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीले बताए ।
अस्पतालको फोरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा. प्रमोदकुमार श्रेष्ठले गृह मन्त्रालयस्थित लास व्यवस्थापन समिति/ दैवीप्रकोप तथा विपत् व्यवस्थापन समितिलाई १० दिनअघि माघ १७ गते पत्र पठाएको थियो । पत्रमा ती शव तत्काल व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।आजको अन्नपूर्णमा समाचार छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top