
माघ २८, २०७२- नेपाल टेलिकमको सञ्चालक समितिद्वारा ७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकास दिने निर्णय गरेको छ । टेलिकमले आकर्षक सुविधासहित स्वेच्छिक अवकासको आह्वान गर्दा ८ सय २२ जना कर्मचारीले निवेदन दिएका थिए । टेलिकममा ‘ओभर स्टाफिङ’ भएको र नयाँ प्रविधिमा पुराना कर्मचारीले सहज ढंगले काम गर्न नसकेकाले स्वेच्छिक अवकासको नीति कार्यान्वयन गरिएको जानकारी संचार सचिव एवं टेलिकमका अध्यक्ष दिनेश थपलियाले बताए । यी कर्मचारीलाई २२ वर्षको एकमुष्ट पेन्सन दिएर अवकास दिइएको हो । ५८ मा रिटार्यड हुने कर्मचारीले ८० वर्षको उमेरसम्म पेन्सन पाउने व्यवस्था भएको हुनाले २२ वर्षको पेन्सन एकमुष्ट दिइएको हो । उमेर नपुगेका कर्मचारीलाई बढीमा ६ वर्षसम्म प्रतिवर्ष ४ महिनाको तलब बराबरको थप सुविधा दिएर अवकास दिइने भएको हो । यसरी अवकास लिँदा कुनै कर्मचारी ५० वर्षको छ भने उसले बढीमा ६ वर्षलाई २४ महिनाको तलब अतिरिक्त सुविधा पाउने छन् । यी सुविधा पाउँदा माथिल्लो तहका कर्मचारीले एक करोडभन्दा बढी रकम पाउने छन् ।
0 comments Blogger 0 Facebook
Post a Comment