माघ २८, २०७२- टुथपेस्ट ब्राण्ड क्लोज अपले भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम गर्ने भएको छ । युवा जोडी लक्षित कार्यक्रमको नाम 'क्लोज अप लभ फेस्ट' राखिएको छ । भ्यालेन्टाइन डेको अघिल्लो दिन शनिबार राजधानीको सिभिल मलमा सांगीतिक कार्यक्रमसँगै जोडीहरुको लागि विभिन्न खेल प्रतियोगिता राखिएको कम्पनीले जनाएको छ । दिनभर लाइभ ब्याण्ड, डिजे जोन, डान्स पफर्मेन्स जस्ता मनोरञ्जनात्मक कार्यक्रम हुने बताइएको छ । सिभिल मलमा एड्रियन प्रधान, नरेन लिम्बु, रोहित जोन क्षेत्रीआदिले गीत गाउँनेछन् । साथै, विभिन्न कलेजबाट छानिएका प्रतिभाहरुले पनि सँगै आफ्ना प्रस्तुति दिने क्लोजअपले जनाएको छ । लाइभ पफर्मेन्सबाहेक जोडीहरुलाई नचाउन डिजे जोन, मायाको भविष्यबाणीको लागि ट्यारो कार्ड रिडिङ्ग र आफ्नो माया व्यक्त गर्न लभ मेसेज दिने स्थान समेत व्यवस्था गरिएको छ । यो कार्यक्रममै क्लोज अप लभ मेसेज फेस्टको विजेता घोषणा पनि हुनेछ । मेजेस फेस्टको उत्कृष्ट ५ ले सामसङ ग्यालेक्सी ट्याब प्राप्त गर्नेछन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top