काठमाडौं, २८ माघ - नेपाली बजारमा सुनको मूल्य उच्च दरमा उकालो लाग्ने क्रम जारी छ। मंगलबार तोलाको ५ सय रुपैयाँले बढ्दा सुनको मूल्य झण्डै २ वर्ष अघिकै बिन्दुमा पुगेको छ। बिहीवार छापावाल सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुनको मूल्य स्थिर रहँदै ५४ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊ उकालो लागेकाले नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। कच्चा तेलको मूल्य सस्तो भएका कारण अधिकांश लगानीकर्ताको ध्यान सुनमा तानिएको महासंघको ठहर छ। बजारमा माग उच्च भएपछि सुनको मूल्य बढ्ने गरेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँमा कारोबार हुँदैछ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top