कोहलपुर– चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
माघ २४ गते दिउँसोदेखि बेपत्ता रहेका कोहलपुर–९ झण्डहवाका सात वर्षीय आकाश थारुको बुधबार बिहान शव फेला परेको हो।

घरनजिकै रहेको परालको कुन्युमा घाँटी रटेर हत्या गरिएको अवस्थामा बुधबार विहान ८ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। २४ गतेदेखि बेपत्ता बालकको २४ गते नै हत्या गरिएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा पढ्ने थारुको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शव पोष्टमार्टमपछि बुधबारै आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ। थ्प अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top