मोबाइलको क्यामराको प्रयोग त सबैले गर्छन् तर सबैले उच्च क्वालिटीको फोटो खिच्न असमर्थ हुन्छन्। फोटो खिच्ने केही तरिका छन् जसका मद्दतले राम्रो क्वालिटीको फोटो खिच्न सकिन्छ।
 
फोटो खिच्नु पहिले लेन्स नरम कपडाले सफा गर्ने। लेन्सको फोहोर फोटोमा नदेखिए पनि यसले गुणस्तरमा असर पुर्‍याउँछ।
 
फ्ल्यास लाइटको प्रयोगमा ध्यान पुर्‍याउने। प्राकृतिक लाइटमा खिचिएको फोटो राम्रो हुन्छ। लाइट धेरै कम भएको बेला मात्र फ्ल्यास लाइटको प्रयोग गर्ने। फोटो खिच्ने बेला क्यामरा सेटिङमा गएर एक्सपोजर वा आईएसओ (ISO) बढाउने। धेरै आईएसओ बढाएमा फोटो बिग्रिने सम्भावना हुन्छ।
 
फोटोको क्वालिटी रिजोलुशनमा पनि भर पर्छ। जति बढी रिजोलुुशन हुन्छ त्यति नै फोटो क्वालिटी राम्रो हुन्छ। सेटिङमा गएर रिजोलुशन बढाउने।
 
फोटोग्राफीमा एचडीआर (HDR)  मोड राम्रो मानिन्छ। यसले फोटोमा प्रकाश र छाँयाको अनुपात बराबर छ की छैन भनेर हेर्छ। 
 
फोनको इनबिल्ट जुम फिचरको प्रयोग सकेसम्म कम गर्ने। जुमको प्रयोगले फोटोको क्वालिटीमा कमी आउने सम्भावना हुन्छ। 
 
सकेसम्म फोटोलाई ल्यान्डस्केप मोडमा खिच्न प्रयास गर्ने। यसले पछाडिको भाग समेट्न मद्दत गर्छ।
 
राम्रो फोटोका लागि थर्ड पार्टी एप्सको प्रयोग गर्न सकिन्छ।
 
आजभोलिको स्मार्टफोनमा फोटो फिल्टरको सुविधा हुन्छ। फोटोको सेड जाँच गर्न फिल्टर प्रयोग गर्न सकिन्छ।
 
साथै मोबाइलमा प्रयोग गर्न मिल्ने विभिन्न खालका ग्याजेट पनि उपलब्ध छन् जसका मद्दतले राम्रो फोटो खिच्न सकिन्छ। अतिरिक्त क्यामरा लेन्स, मुमेन्ट लेन्स आदीको प्रयोग गर्न सकिन्छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top