फेसबुक निकै लोकप्रिय छ। तर कुनै बेला आफ्नो फेसबुक अन्य कम्प्युटर वा मोबाइलमा प्रयोग गरेर लग आउट गर्न बिर्सेमा, मोबाइल हराएमा वा चोरी भएमा उक्त एकाउन्टको दुरुपयोग हुने सम्भावना हुन्छ। 
यस्तो भएमा अाफुसँग उपलब्ध डिभाइसबाट पनि आफ्नो फेसबुक लग आउट गर्न सकिन्छ। यसका लागि अाफुसँग भएको डिभाइसमा आफ्नो आईडी लग इन गर्ने।
त्यसपछि एकाउन्ट सेटिङमा गएर सेक्युरिटी सेटिङमा क्लिक गर्ने। त्यसपछि "Where You're Logged In"  भनेर विकल्प आउनेछ।
उक्त विकल्पमा क्लिक गर्ने वितिक्कै लग इनसँग जेडिएका सबै जानकारी हेर्न सकिन्छ।
त्यसपछि "End activity" मा क्लिक गरेर अन्य लग इन भएका डिभाइसबाट आफ्नो एकाउन्ट लगआउट गर्न सकिन्छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top